- पर्साको वीरगन्ज महानगरपालिका सहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएको छ । बाराको दुई पालिकाले पनि बिदा दिएको हो ।
रौतहट : बारा र पर्साका स्थानीय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका सहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएको छ । बाराको दुई पालिकाले पनि बिदा दिएको हो ।
बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको सूचनामा उल्लेख छ । करैयामाई गाउँपालिकाको निर्णय अनुसार तीन दिनका लागि शैक्षिक संस्था बन्द रहने भएको छ ।
चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको करैयामाई गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
अत्यधिक चिसोले सुवर्ण गाउँपालिकाले २६ गते सम्म बिधालयहरुमा बिदा दिएको सूचनामा उल्लेख छ ।पर्साको बिरगंज महानगरपालिकाले विद्यालयहरूमा तिन दिनका लागि जाडो बिदा दिएको जनाएको छ ।
विगत केही दिनदेखि बढेको चिसो र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले बाल बालिकाको स्वास्थ्यको ख्याल गर्दै बर्षे बिदा बाट कट्टा हुने गरि जाडो बिदा दिइएको उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’